Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

लगानीकर्ता सेयरबजारप्रति आकर्षित

लगानीकर्ता सेयरबजारप्रति आकर्षित

  • काठमाडौं । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई स्थानिय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्‍न पाउने व्यवस्था गरेपछि बजारको तरलता संकट हट्ने विश्वासले लगानीकर्ता सेयरबजारप्रति आकर्षित भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    त्यस्तै नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको कारणपनि बजारबाट तरलता अभावको समस्या केही कम हुने आँकलन गर्दै सेयर बजारप्रति लगानीकर्ता आकर्षित भएको सेयर विश्लेषकहरू बताउँछन् । 

    AGNI GROUP

    सेयर बजारमा आजको कारोबारमा परिसूचक ५६.७३  अंक अर्थात २।४१ प्रतिशतले बढेको छ । करिब एक महिनादेखि निरन्तर गिरावट आएको बजार मंगलबारको कारोबारमा भने केही सुधार देखिएको हो । कारोबारको दिन पनि सेयर उल्लेख्य गिरावट आएको हो । बजार बन्द हुँदा २४१५.५५ अंकमा उक्लिएको छ।

    नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ११.३४ अंक अर्थात् २.५१ प्रतिशतले  बढेर ४६२.५२ अंकमा उक्लिएको छ । आजको कारोबारमा २ सय २६ कम्पनीका सेयर ३४ हजार २ सय १७ पटक कारोबार भएको छ ।

    आज २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४६ रूपैयाँ बराबरको कारोबार हँदा ४९ लाख ७४ हजार २ सय ५३ कित्ता सेयर किनबेच भएको छ। मंगलबारको कारोबारमा १ सय ८० कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

    आजको कारोबारमा होटल बैंक लगायतका १३ वटै समूह परिसूचक हरियो देखिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट