
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । संसद विघटनविरुद्ध प्रदर्शन गर्न सिंहदरबारअघि पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेको कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो । उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij