
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । बालुवाटारमा भएको विघटित संसदका आफू पक्षीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो हात बाँधेर काम गर्न नदिएकाले बाध्य भएर पछिल्लो निर्णयमा पुगेको उनले बताएका हुन् । आफूलाई जनतादेश अनुसार काम गर्न नदिएको र पार्टी एकतालाई पनि पूर्ण गर्न नदिएकाले बाध्य भएर संसद विघटनको निर्णयमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय सांसदहरुसँग बताएका छन् ।
बालुवाटारमा भएको भेलामा प्रधानमन्त्रीसँगै महासचिव विष्णु पौडेल तथा स्थायी समिति सदस्य लेखराज भट्टले समेत विघटनको कारणसहित जनतासँग माफी माग्दै जनमतका लागि जान निर्देशन दिएको नेता पालले बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij