
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको छलफल सकिएको छ । हिजो संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि त्यसको विरोध सुरु भएको छ । यसै विषयमा छलफल गर्न ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएका थिए । भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेता सहभागी थिए। पूर्वमाओवादीतर्फबाट लेखराज भट्टमात्र सहभागी भएका थिए ।
यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij