Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

उद्योग वाणिज्य महासंघका अध्यक्षको प्रत्यक्ष चुनाव

उद्योग वाणिज्य महासंघका अध्यक्षको प्रत्यक्ष चुनाव

  • काठमाडौं ।  निजी क्षेत्रका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्षको छनोट प्रत्यक्ष मतदानबाट गर्न प्रस्ताव गरिएको छ ।  महासंघले गठन गरेको विधान संशोधन समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छालाई बुझाइएको महासघको विद्यमान विधान संशोधनको मस्यौदामा बरिष्ठ उपाध्यक्षको पद हटाएर अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरिएको हो । 

    images
    images
    images

    हाल महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान छ ।  

    महासंघको कार्यकारिणी समिति र साधारणसभाबाट परित भएमात्र विधान कार्यान्वयन हुनेछ । यद्यपि हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको हकमा भने यो व्यवस्था लागू हुनेछैन । 

    महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो । समितिले महासंघ अध्यक्षको कार्यकाल घटाएर दुई वर्ष बनाउनसमेत सुझाव दिएको छ । IMG_1660.JPG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij