Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

कांग्रेसको सभापति पार्टीको सभापति हुनुपर्छ, गुटको होइनः गगन थापा

कांग्रेसको सभापति पार्टीको सभापति हुनुपर्छ, गुटको होइनः गगन थापा


  • काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा महामन्त्री पदका उम्मेदवार गगन थापाले नेपाली कांग्रेसको सभापति पार्टीको सभापति हुनुपर्ने बताएका छन् । 

    images
    images
    images

    उनले नवनिर्वाचित सभापति शेरबहादुर देउवाले यसअघि गुटको राजनीति गरेको आरोप लगाउँदै नेपाली कांग्रेसको सभापति गुटको सभापति नभएर पार्टीको सभापति हुनुपर्ने बताएका हुन् ।

    images

    महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्री  उम्मेदवार थापाले पार्टीमा नयाँ नेतृत्वको आवश्यकता रहेकोले आफूले शेखर कोइरालालाई साथ दिएको भएपनि अब नैतिकताको आधारमा सभापति देउवालाई साथ दिने बताए । उनले भने,‘ पार्टीको हितको लागि, देशको हितको लागि हामी हाम्रो सभापतिको साथमै छौँ । तर पार्टीको अहितमा कार्य भएमा हामी त्यसको प्रतिवाद गर्ने छौँ ।’

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij