Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

टेक्सास गोलीकाण्डमा ३ भुटानी शरणार्थीको मृत्यु

टेक्सास गोलीकाण्डमा ३ भुटानी शरणार्थीको मृत्यु

  • काठमाडौं । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक छन् ।

    images
    images
    images

    टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको ज्यान गएको सीबीएस न्युजले जनाएको छ ।

    images

    रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका ललितको भने उपचारको क्रममा ज्यान गएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् । उनकी श्रीमती रञ्जनाको माइत भने काठमाडौंमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij