
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । सेयर बजार परिसूचक(नेप्से) आज ४.२३ अंकको घटेको छ । नेप्से ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा रोकिँदा सेन्सिटिभ सूचक शून्य दशमलव ८९ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यो साता आइतबार र सोमबार लगातार उच्च अंकको गिरावट आएको बजारमा मंगलबार ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको भएपनि आज बुधबार फेरि ओरालो लागेको हो ।
आज २२८ कम्पनी कारोबारमा सामेल भएकामा साढे ४ अर्बको सेयर किनबेच भएको छ । बढेर सुरु भएको कारोबार सूचक घटेर बन्द भएको हो । बुधबार १३ मध्ये वाणिज्य बैंक, होटल र पर्यटन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा समूहको सूचक ओरालो लागेको नेप्सेले जनाएको छ ।
आज कम्पनीहरुको ९.९८ प्रतिशतसम्म सेयर मूल्य बढेको छ भने घट्ने कम्पनीको ५.३४ प्रतिशतसम्मले घटेको छ ।
यता कम्पनीहरुको १६ करोड रुपैयाँसम्मको उच्च कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij