
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका–११ रुपन्देहीमा रहेको महाराजा रिसोर्टमा भएको सो सभाले १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij