
Apr 02 2025 | २०८१, चैत २० गते
जर्मनी त्यसको केही महिनापछि नेसन्स लिगबाट पनि रेलिगेसनमा परेको छ ।
बर्लिन । अर्को वर्षको युरोपेली च्याम्पियनसिपमा आफ्नो टिमलाई सशक्त राख्ने र त्यसमा फेरि बदल्ने प्रशिक्षक जोचिम लोको योजना समयमै पूरा नहुने देखिएको छ । उनी असफल प्रशिक्षक साबित हुँदैछन् । स्पेनको हातबाट ६–० को हार जर्मनीका लागि ९० वर्षयताको सबैभन्दा खराब नतिजा रहेको छ । पछिल्लो समय जर्मनीको प्रदर्शन आफैंमा उतारचढावपूर्ण छ ।
लो आफैंले जर्मन प्रशिक्षकका रूपमा आफ्नो १४ वर्षे कार्यकालमा स्पेनसँगको हारलाई सबैभन्दा खराब दिन भनेका छन् । यही हारसँगै जर्मनी लगातार तेस्रोपल्ट पहिलो चरणबाट नै बाहिरिएको छ । सन् २०१४ को विश्वकप विजेता जर्मनी त्यसको चार वर्षपछि समूह चरणबाटै घर फर्केको थियो । अहिले जर्मनी त्यसको केही महिनापछि नेसन्स लिगबाट पनि रेलिगेसनमा परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij