Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

नाउपाको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ

नाउपाको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् ।

    images
    images
    images

    श्रेष्ठले गंगारामलाई हटाएर आफैं दलको नेता बनेको बेहोराको पत्र संसद् सचिवालयमा पठाएकी हुन् । श्रेष्ठले गंगाराम चौधरीले पार्टीको हित विपरीत कार्य गरेकाले उनलाई पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी साउन ३० गते कारबाही गरेको संसद सचिवालयलाई जानकारी गराएकी छन् ।

    images

    श्रेष्ठले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने उल्लेख गरेकी छन् ।

    पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न आग्रह समेत गरेकी छन् ।

    यसअघि निर्वाचन आयोगले श्रेष्ठको नेतृत्वको नाउपाको कार्यसमितिलाई मान्यता दिएपछि उनका श्रीमान रेशमलाल चौधरी समुह छलफलमा रहको छ ।

    images

    रेशम समुहले लालबीर चौधरीलाई अध्यक्ष बनाएपनि निर्वाचन आयोगले मान्यता नदिएपछि नाउपा फुटको संघारमा पुगेको छ ।श्रीमान श्रीमतीको विवादले आयोगले कार्तिक १७ मा हुने रुपन्देही-३ को उपनिर्वाचन समेतमा नाउपालाई दल दर्ता गरिदिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij