Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

विकासका लागि पुँजीको समस्या छैन : अर्थमन्त्री 

विकासका लागि पुँजीको समस्या छैन : अर्थमन्त्री 

  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा बोल्दै उनले विकासका लागि स्पष्ट धारणा बनाउनुपर्ने आवश्यक्ता औँल्याए । 

    images
    images
    images

    ‘नेपालको सन्दर्भमा विकास गर्न पुँजीको समस्या होइन,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले विकाससम्बन्धी धारणा स्पष्ट बनाउन जरुरी छ । स्पष्ट धारणा भनेको सरकारकै हुनुपर्‍यो, समाजको हुनुपर्‍यो, लगानीकर्ताको हुनुपर्‍यो, निजी क्षेत्रको हुनुपर्‍यो । यहाँ त्यो स्पष्ट धारणाको अभाव छ ।’ 

    अर्थमन्त्री शर्माले विकासमा स्पष्ट धारणा नहुँदा विकासले गति लिन नसकेको र पहिले सरकारले आफ्नो धारणा स्पष्ट बनाउनुपर्ने उल्लेख गरे । सबैलाई उत्साहित बनाउने नीति बनाउँदा लगानीका लागि नेपालभित्रै पुँजी धेरै बताए ।

    ‘अझै पनि घरको दलिनमाथि पैसा राख्ने चलन छँदैछ ।’ त्यसरी ग्रामीण क्षेत्रमा रहेको पुँजीलाई समेत लगानीका लागि आकर्षित गर्ने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । विकासका लागि पुँजी, ज्ञान, प्रविधिसँगै नीति समेत आउने भएकाले नीति सरल र सहज हुनुपर्ने अर्थमन्त्री शर्माले बताए ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij