
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं। धानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सात मन्त्रीले आज सामूहिक राजीनामादिनुभएको छ । सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उहाँहरुले राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्री ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा आफूहरुको असहमति रहेको भन्दै राजीनामा दिएको उहाँहरुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सो अवसरमा वितरित प्रेस नोटमा भनिएको छ, “प्रतिनिधिसभाको विघटनको प्रस्तावलाई रोक्न हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ । गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेश विपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर अहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा दिएका छौँ ।” रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij