Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध

डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध

  • एएफपी । डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ । बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

    images
    images
    images

    बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो ।

    बेलायतले पनि आज सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ । बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको छ । 

    ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ । बेलायतमा आगामी क्रिस्मसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ । 

    आइतबारबाट लगाइएको यो उडान प्रतिबन्ध डच सरकारले आगामी जनवरी १ सम्मका लागि भनी घोषणा गरेको छ । डच स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको र यो क्रम जारी नै रहेमा आगामी नयाँ वर्षका अवसरमा हुने जमघटहरुमा झनै बढ्न सक्ने बताएको छ । 

    यसैले पनि डच सरकारले बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई देशमा जति सक्दो धेरै मात्रामा कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति डच सरकारले लिएको पनि बताइएको छ । 

    डच सरकारले पनि आफ्ना नागरिकलाई निकै नै आवश्यक काम नपर्दासम्म बेलायतको भ्रमण नगर्न भनेको छ । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij