Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकका विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकका विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

  • काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चार स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।

    images
    images
    images

          चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री उहाँले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौतारा स्थानीयतहका प्रमुख तथा प्रतिनिधिलाई  हस्तान्तरण गर्नुभएको हो ।

          सो अवसरमा सभामुख सापकोटाले प्राप्त सबै सामग्रीको सही तरिकाले वितरण गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।  सामग्रीमा २४० सुतिको पाल, तीन ÷तीन सय ब्ल्याङ्केट उच्च क्षमताका टर्च लाइट रहेका छन् । यस वर्षको बाढी पहिरोका कारण स्थानीय तहले व्यहोरेको क्षतिलाई आधार मानेर सामग्री हस्तान्तरण गरिएका हुन् ।

          बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति भएको बाह्रविसे नगरपालिकालाई ८० पाल, ९५ ब्ल्याङ्केट, ९५ टर्च लाइट, जुगल गाउँपालिकालाई ७०  पाल, ८०  ब्ल्याङ्केट र ८०  टर्च लाइट, भोटेकोशी गाउँपालिकालाई ५५ पाल, ७० ब्ल्याङ्केट र ७०  टर्च लाइट ,चौतारा साँगाचोकगढी नगरपालिकालाई ३५ पाल, ५५  ब्ल्याङ्केट र ५५ थान टर्च लाइट  शुक्रबार प्रदान गरिएको  छ । राुसस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij