Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ जनाको मृत्यु, ९ बेपत्ता

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ जनाको मृत्यु, ९ बेपत्ता

  • काठमाडौँ । इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या १४ पुगेको छ ।

    images
    images
    images

    ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकहारी दिएका छन् । हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) दिएको सामाचारअनुसार १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका थिए ।

    गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट त्यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् ।

    ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले अहिलेसम्म पनि नौ जना व्यक्ति हराइरहेको जानकारी दिए ।

    उनका अनुसार हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने जनाए । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij