
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौँ । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रम सिंघे लाई डिहाइड्रेसनको समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उनको जमानत निवेदन खारेज गरिएको छ। विक्रमसिंघेको जमानत निवेदनमाथिको सुनुवाइको क्रममा उनका वकिलहरूले उनलाई गम्भीर मुटुको रोग, मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको बताएका छन् ।
जमानत निवेदन अस्वीकार भएपछि, उनलाई पहिले जेल अस्पताल, त्यसपछि राजधानी कोलम्बोको अस्पताल लगिएको थियो र त्यसपछि आईसीयूमा सारिएको थियो। विक्रम सिंघे माथि २०२३ मा क्युबामा भएको जी७७ शिखर सम्मेलनबाट फर्कने क्रममा सरकारी खर्चमा आफ्नो व्यक्तिगत कामको लागि आफ्नी श्रीमतीसँग लन्डनमा बसेको आरोप छ ।
उनले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेका छन् र लन्डनमा धेरै बैठकहरूमा भाग लिएको बताएका छन् ।
यसैबीच, विक्रमसिंघेको युनाइटेड नेशनल पार्टी (युएनपी) ले वर्तमान सरकारले उनलाई उनी फेरि सत्तामा फर्कने डरले जेल पठाएको आरोप लगाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij