
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ । सांसद राजभण्डारीकी ९० वर्षीया आमा टङ्ककुमारीको शनिबार राति निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो । दोलखा भीमेश्वर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँ मण्डिखाटार बस्दै आउनुभएका टङ्ककुमारी दोलखाबाट काठमाडौँ आई उद्योग व्यवसायमा नाम कमाउनुभएका स्व इन्द्रमणि राजभण्डारीकी धर्मपत्नी हुनुहुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij