
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाण्डौ – आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पाएको छ । पाकिस्तानका प्रधानमन्त्रीका वित्तीय सल्लाहकार शैकत तरिनले साउदी अरबबाट तीन अर्ब डलर ऋण सरकारी खातामा जम्मा भएको पुष्टि गर्नुभएको बीबीसीेले जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएको महिनाको २४ तारिखमा आफूसँग देश चलाउनका लागि पैसान नभएको र ऋण बढिरहेको बताउनुभएको थियो ।
महँगी, विदेशी मुद्राको न्यून सञ्चिती, चालु खाताको अत्यधिक घाटा, मुद्राको अवमूल्यन लगायतका कारण पाकिस्तान आर्थिक सङ्कटमा फसेको छ । साउदी अरबबाट पाकिस्तानले चार प्रतिशत ब्याज दरमा ऋण प्राप्त गरेको हो । ऋण पाएपछि पाकिस्तानको विदेशी मुद्रा सञ्चितीमा केही राहत मिल्ने र शेयर बजारमा पनि केही सुधारको अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij