Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रशान्त क्षेत्र सामुद्रिक प्राणीका लागि प्लाष्टिकको ठूलो बासस्थान : अध्ययन

प्रशान्त क्षेत्र सामुद्रिक प्राणीका लागि प्लाष्टिकको ठूलो बासस्थान : अध्ययन

  • न्युयोर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले सो क्षेत्रलाई ग्रेट प्यासिफिक गार्वेज प्याच बताएका छन् । सो प्याच क्यालिफोर्नियाको तटदेखि पश्चिमी अमेरिकी राज्य हवाइ हुँदै खुला सागरसम्म फैलिएको वैज्ञानिकहरुको भनाई छ । अधिकांश प्राणी  तटीय प्रजातिका रहेको र उनीहरु आफ्नो स्वभाविक वासस्थानबाट धेरै माइल टाढा बस्ने गरेको पाइएको छ ।

    images
    images
    images

    प्लाष्टिकको ड‌गुरको ९० प्रतिशत क्षेत्र एनिमोन, सानो समुद्री किरा, शंखे किरा, गंगटोलगायतका विरुवा र जनावर भेटिएका थिए । प्लाष्टिकहरुले अतिक्रमित जातिलाई अ‌ायात गर्न सहयोग गरेको भन्दै वैज्ञानिकहरुले चासो देखाएका छन् । अध्ययनमा प्रशान्त क्षेत्रमा तैरिनेदेखि संग्रह हुने स्थानको एउटा चक्रका पाँच सेन्टिमिटरभन्दा बढी व्यासका प्लाष्टिकजन्य पदार्थहरुको जाँच गरिएको थियो ।

    अध्ययन समूहका मुख्य अनुसन्धानकर्ता तथा स्मिथसोनियन इनभार्नोमेन्टल रिसर्च सेन्टरका विज्ञ डा‍ लिन्से हरामले भने, 'तपाइले यसअघि खुला समुद्रमा देखेको प्राकृतिक फोहरभन्दा प्लाष्टिक बढी स्थायी हुन्छन् । यो क्षेत्रमा प्लाष्टिकले एउटा अझै स्थायी बासस्थान सृजना गरेको छ । 

    ओसियन भोयज इन्स्टच्युटको सहकार्यमा डा. हारमले अध्ययन गरेका थिए ।  इन्स्टच्युटले समुद्रमा फालिएका प्लाष्टिकहरु संकलन गर्छ । 

    पृथ्विमा कम्तिमा पाँच ओटा प्लाष्टिक स‌ंक्रमित चक्र छन् । ग्रेट प्यासिफिक गार्वेज प्याच सबैभन्दा बढी प्लाष्टिक तैरने चक्र हो । यो चक्रमा ६ लाख १० हजार वर्ग माइलमा ७९ हजार टन प्लाष्टिक तैरिएको अनुमान छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij