
Apr 08 2025 | २०८१, चैत २६ गते
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुन:नयाँ दिल्ली फर्किएको छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । मेडिकल अापतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ , एयर इन्डियाका एक अधिकारीले भने ।
विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र विरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै विरामीलाई मृत घोषित गरेको थियो । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ ।
शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij