Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अन्टार्टिकामा सफलापूर्वक अवतर‍ण गर्‍यो विमान

अन्टार्टिकामा सफलापूर्वक अवतर‍ण गर्‍यो विमान

  • केप टाउन । इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेको छ । एउटा व्यावसायिक एयर बस कम्पनीको ए ३४० विमान हिउँले ढाकेको धावनमार्गमा यसै महिनाको सुरुमा अवतर‌ण भएको हो । विमानको पहिलो अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटो खुलेको छ । 

    images
    images
    images

    ए ३४०विमान नोभेम्बर २ मा अफ्रिकाको राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेको थियो । अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलोमिटर उडेको थियो । 

    विमानका क्याप्टेन मिरपुरीका अनुसार  विमान सफलतापूर्वक इतिहासमै पहिलोपटक निलो हिमनदीबाट बनेको धावनमार्गमा अवतरण गरेको थियो । सो एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेको थियो । वुल्फ ग्याङ पर्वतारोहण क्याम्पले विमान चार्टड गरेको थियो ।

    सफल अवतर‌‍णसँगै सो विमानलाइ यस मौसममा पर्यटकहरुले  प्रयोग गर्नेछन् । विवरणअनुसार १९० टनको  विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij