
Apr 07 2025 | २०८१, चैत २५ गते
एएफपी । स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उहाँ सङ्क्रमित हुनुभएको पुष्टि भएको हो । उहाँले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिनुभएको छ ।
सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी हुनुभएको थियो । उहाँलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । उहाँलाई सङ्क्रमण पुष्टिभएसँगै उहाँको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए । रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij