
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमडौं । अस्ट्रेलियाले एडिलेडमा खेलिएको डेनाइट टेस्ट क्रिकेटमा भारतलाई ८ विकेटले पराजित गरेको छ । भारतले आफ्नो दोस्रो पारीमा ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । भारतको टेस्ट क्रिकेटको इतिहासमा यो सबैभन्दा कम योगफल हो । यसअघि भारतले सन् १९७४ मा लर्र्डसमा इंग्ल्याण्डविरुद्ध ४२ रन बनाएको थियो । भारतका ३ ब्याट्सम्यान शुन्यमा आउट भए भने मयंक अग्रवालले सर्वाधिक ९ रन बनाए ।
भारतले पहिलो पारीमा २४४ रन बनाएको थियो भने अस्ट्रेलिया १९१ रनमा सिमित भएको थियो । तर, दोस्रो पारीमा भारत ३६ रनमा समेटिएपछि ९० रनको झिनो लक्ष्य पाएको अस्ट्रेलियाले मात्र दुई विकेटको क्षतिमा त्यसलाई पछ्यायो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij