Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट, भारतसहितका देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट, भारतसहितका देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

  • हङकङमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको । उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए । उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान गरिएको छ ।

    images
    images
    images

    परीक्षणका क्रममा उनीहरु दुबैमा नाम दिइएको भेरियन्ट देखिएको थियो । डब्लूएचओले सुरुमा द्य।ज्ञ।ज्ञ।छद्दढ नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थियो । 

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ओमिक्रोनबाट संक्रमणको जोखिम उच्च रहेको जनाउँदै विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाएका छन् । डब्लूचएओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।

    हङकङ सरकारले दक्षिण अफ्रिका, भारत, अमेरिका, बेलायतलगायतका अन्य देश भएर आउने हवाई यात्रुलाई होटेलमा अनिवार्य २१ दिन क्वारेन्टिनको व्यवस्था गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij