
Apr 08 2025 | २०८१, चैत २६ गते
चितवन । एमालेको आजदेखि चितवनमा हुने दशौं महाधिवेशनमा चार देशको आठ वटा राजनीतिक दलका १५ जना प्रतिनिधि आउने निश्चित छ ।
१५ जनामध्ये ११ जना काठमाडौं आइपुगेर हिजै साँझ चितवन पुगेका छन् । सिंगापुर एअरलाइन्सको उडानबाट राति चार जना आज राति काठमाडौं उत्रिँदैछन् । भारत ,श्रीलंका र बंगलादेशका १५ जना विदेशी पाहुनामध्ये आठ जनालाई एमाले नेताहरुले विमानस्थल तथा नाकामा स्वागत गर्दै होटल व्यवस्थापन गरेका थिए । तर हिजो आएका तीन जना भारतीय र आज राति आउने चार जना कम्बोडियाली पाहुनालाई भने होटल सोल्टीले विमानस्थलबाट ल्याउने र चितवन पुर्याउने जिम्मा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij