
Apr 07 2025 | २०८१, चैत २५ गते
वासिङ्टन । आफ्ना नागरिकहरूमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उहाँकी श्रीमतीले कोभिड–१९ विरुद्धको खोप सेवा शुक्रबार लिनुभएको छ । नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलीभिजनहरूले प्रत्यक्ष प्रशारण गरेका थिए ।
ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भन्नुभयो, “कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमा नै लिएको छु । खोपको प्रयोगपछि मलाई शरिरमा कुनै भिन्नता महशुस भएको छैन ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij