
Apr 30 2025 | २०८२, वैशाख १७ गते
चक्रबहिलबाट साँघुरो गल्लीमा रहेको माटोले बनेको घरमा आगो दन्किएपछि निरज ताम्रकार झ्यालबाट हाम फालेर ज्यान जोगाउन सफल भए ।
ललितपुर । मंगलबजारनजिकै रहेको चक्रबहिलमा साँझ ६ बजेर ४५ मिनेटमा आगलागी भएको छ । आगलागीले परिवारका चारजना सदस्यको निधन भएको सुरक्षा स्रोतले जनाएको छ । आगलागीमै परेर दुई जना घाइते भएका छन् ।
चक्रबहिलबाट साँघुरो गल्लीमा रहेको माटोले बनेको घरमा आगो दन्किएपछि निरंजन ताम्रकार झ्यालबाट हाम फालेर ज्यान जोगाउन सफल भए ।
प्रहरी स्रोतका अनुसार आगलागीमा परेर लक्ष्मीकृष्ण ताम्रकार (६५), अंजना ताम्रकार (३५), रचना ताम्रकार (३५), निर्मल तामकार (१०) को निधन भएको बताइएको छ । र, घाइते हुनेमा निरज ताम्रकार (४२) र श्रृजना ताम्रकार (३२) रहेका छन् । आगलागीको खबर हुने बित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलले उद्दारमा सक्रियता देखाएको थियो । आगलागी भएको घर गल्लीभित्र परेको हुनाले उद्दारमा कठिनाई समेत भएको उद्दारकर्ताले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij