
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ ।
आज नेप्से परिसूचक २६.२२ अंक (०.९२ प्रतिशत)ले घटेर २७९६.२४ बिन्दुमा पुगेको छ । मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये २४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २२५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
सिटी होटल लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् भने सिक्लेस हाइड्रोपावरका सेयरधनीले धेरै गुमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij