Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

ललितपुर मा रहेको मटर्निटी पसल प्रालिलाई जरिवाना

ललितपुर मा रहेको मटर्निटी पसल प्रालिलाई जरिवाना

  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नलगाई कारोबार गरेको आरोपमा ३ उद्योग तथा फर्मलाई ६ लाख १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

    images
    images
    images

    विभागको अनुगमन टोलीले सोमबार काठमाडौं महानगरपालिका–१ मा रहेको नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्सन प्रालिलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको हो । साथै, दुवै कम्पनीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

    images

    त्यस्तै, ललितपुर–५ मा रहेको मटर्निटी पसल प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

    विभागका अनुसार, अनुगमनका क्रममा एमआरपी उल्लेख नगरी बिक्री गरिएको भेटिएकाले यो कारबाही गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij