Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अब्बल अनिताको पोल्टामा साहित्य सन्ध्या पुरस्कार

अब्बल अनिताको पोल्टामा साहित्य सन्ध्या पुरस्कार

  • साहित्य सन्ध्या परिवारले ४१९ औं विशेष श्रृङ्खलामा भर्चुअल कार्यक्रममार्फत कवि तथा सामाजिक अभियन्ता अनिता लामालाई ०७७ सालको 'साहित्य सन्ध्या पुरस्कार' ले सम्मान गरेको हो ।

    images
    images
    images

    काठमाडौं । कवि तथा सामाजिक अभियन्ता अनिता लामा साहित्य सन्ध्या पुरस्कारबाट पुरस्कृत भएकी छिन् । साहित्य सन्ध्या परिवारले ४१९ औं विशेष श्रृङ्खलामा भर्चुअल कार्यक्रममार्फत लामालाई ०७७ सालको 'साहित्य सन्ध्या पुरस्कार' ले सम्मान गरेको हो ।

    कवि लामाले २०५८ सालमा अनुराग कविता संग्रह, २०७१ मा अर्पणु कविता संग्रह तथा २०७४ मा आतुङु कविता संग्रह प्रकाशित गरिसकेकी छन् । उनका फूट्कर कविता, लेख रचना तथा कथाहरु पनि विभिन्न अनलाइन र अखबारहरुमा प्रकाशित हुँदै आएका छन् । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहुन्थ्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij