Jun 04 2026 | २०८३, जेठ २१ गते
नीजि क्षेत्रबाट आएको मैले चिनेको उमेश श्रेष्ठले पक्कै सुझाव पढेर ती रातभरि सडकमा सुतेका युवाको सामान्य समस्या समाधान गरिदिनु हुनेछ भने विश्वासका साथ त्यो अवसर कुरेर बसेको छु ।
लिला मणि पौडेल
म गत तीन दिनदेखि शुक्रराज सरूवा रोग अस्पताल टेकुमा आफन्तको उपचारका क्रममा जाने आउने गरिरहेको छु । तीन दिनदेखि वैदेशिक रोजगारीमा जाने युवाले लिनुपर्ने कोरोनाका खोपको प्रमाणपत्रका लागि भोलिपल्ट विहान १० बजे खुल्ने अफिस अगाडी अघिल्लो साँझ ८ नै सडकमा लाइन लागेको र रातभर लाइनमा सडकमै सुतेको देखेर असाध्यै मन पोल्यो ।
तत्कालै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई फोन गरें उठेन । अनि रातभर लाइनमा बस्न नपर्ने सहज र तत्कालै गर्नसकिने उपायसहित एसएमएस पठाएँ । नीजि क्षेत्रबाट आएको मैले चिनेको उमेश श्रेष्ठले पक्कै सुझाव पढेर ती रातभरि सडकमा सुतेका युवाको सामान्य समस्या समाधान गरिदिनु हुनेछ भने विश्वासका साथ त्यो अवसर कुरेर बसेको छु ।
लिला मणि पौडेल नेपालका पूर्वप्रशासक हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij