
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नीजि क्षेत्रबाट आएको मैले चिनेको उमेश श्रेष्ठले पक्कै सुझाव पढेर ती रातभरि सडकमा सुतेका युवाको सामान्य समस्या समाधान गरिदिनु हुनेछ भने विश्वासका साथ त्यो अवसर कुरेर बसेको छु ।
लिला मणि पौडेल
म गत तीन दिनदेखि शुक्रराज सरूवा रोग अस्पताल टेकुमा आफन्तको उपचारका क्रममा जाने आउने गरिरहेको छु । तीन दिनदेखि वैदेशिक रोजगारीमा जाने युवाले लिनुपर्ने कोरोनाका खोपको प्रमाणपत्रका लागि भोलिपल्ट विहान १० बजे खुल्ने अफिस अगाडी अघिल्लो साँझ ८ नै सडकमा लाइन लागेको र रातभर लाइनमा सडकमै सुतेको देखेर असाध्यै मन पोल्यो ।
तत्कालै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई फोन गरें उठेन । अनि रातभर लाइनमा बस्न नपर्ने सहज र तत्कालै गर्नसकिने उपायसहित एसएमएस पठाएँ । नीजि क्षेत्रबाट आएको मैले चिनेको उमेश श्रेष्ठले पक्कै सुझाव पढेर ती रातभरि सडकमा सुतेका युवाको सामान्य समस्या समाधान गरिदिनु हुनेछ भने विश्वासका साथ त्यो अवसर कुरेर बसेको छु ।
लिला मणि पौडेल नेपालका पूर्वप्रशासक हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij