
Jul 06 2025 | २०८२, असार २२ गते
नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ विजय श्याम रंजित कीर्ते आरोपमा पक्राउ परेको हो ।
ललितपुर । ललितपुरका एक डाक्टर काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ परेको हो ।
ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले महाराजगंजबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।
काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थायी दर्ता प्रमाणपत्र नम्बर १०८५५ को प्रमाणपत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij