Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

कोराना कहरमा सरकारलाई मेयर रामेश्वरको सन्देश !

कोराना कहरमा सरकारलाई मेयर रामेश्वरको सन्देश !

  • सरकारले निजी अस्पताललाई समेत र्निव्याजी ऋण प्रदान गरेर भएपनि प्लान्ट जडान गर्न सहजीकरण गर्नुपर्ने देखिएको छ ।

    कोभिड १९ संक्रमण तीब्र हुँदै गएको वर्तमान जटिल परिस्थितिमा मेडिकल अक्सिजन अभाव हुनु ज्यादै दुःखद हो । समाचारहरुमा जनाइएअनुसार अहिले मृत्यु भएकाहरुमा केही हिस्सा अक्सिजन अभाव पनि हो । केन्द्रीय कोभिड अस्पताल घोषित वीर अस्पतालमा नै अक्सिजन अभावमा १२ जनाको मृत्यु भएको र ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको छ ।

    कोरोना संक्रमितको संख्यामा कुनै कमी आएको छैन । यही गतिमा जाने हो भने अझै केही महिना संक्रमण यही गतिमा फैलावट हुने सम्भावना छ । अक्सिजन अभावलाई हल गर्न सरकारले सिलिन्डर आयात गर्नुभन्दा निजी र सरकारी अस्पतालमा अक्सिजन प्लान्ट नै राख्नु उचित देखिन्छ । छिमेकी चीनबाट प्लान्ट आयात गर्दा छिटो हुने र केही दिनमै जडान हुन सक्ने सम्भावना देखिएको छ ।
    अन्ततःः सरकारले निजी अस्पताललाई समेत र्निव्याजी ऋण प्रदान गरेर भएपनि प्लान्ट जडान गर्न सहजीकरण गर्नुपर्ने देखिएको छ । कम्तिमा अक्सिजन आपूर्ति अभावमा नागरिकको ज्यान त जाने थिएन की !

    रामेश्वर श्रेष्ठ, नगर प्रमुख
    महालक्ष्मी नगरपालिका, ललितपुर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij