
Apr 01 2025 | २०८१, चैत १९ गते
कांग्रेस सभापति शेरबहादुर देउवा किन बालुवाटार धाउँदै छन् रु बोहोराटार र महाराजगञ्जमा प्रश्न उठ्दैछ । केही दिन अघि देउवा एक्लै प्रधानमन्त्रीवास पुगे । त्यो कुरा कसैलाई थाहा भएन ।
भोलिपल्ट मात्र प्रधानमन्त्री केपी ओलीसँग बसेको फोटो सार्वजनिक भयो, अनि यसको चर्चा बोहोराटारमा चल्यो । वरिष्ठ नेता रामचन्द्र पौडेलले फोटो सावैजनिक भएसँगै महामन्त्री सशांक कोइरालालाई फोन गरे र सभापति किन बालुवाटार भाइरहेका छन् भनेर सोधे । त्यो कुरा महामन्त्री कोइरालालाई थाहा थिएन र पौडेलको जवाफमा भने ‘होइन दाइ, त्यो त अस्ति नै होइन र ?’ घटना हिजोको मात्र रहेछ आज समाचार र फोटो सार्वजनिक भएको छ भनिएपछि उनी पनि चकित परे ।
अनि कोइरालाको पनि यसैमा चासो बढ्यो र पौडेलसँग भने, होइन हाम्रा पार्टी सभापति बारम्बार बालुवाटार किन धाइरहनुभएको छ’
आफ्ना सभापतिलाई प्रधानमन्त्रीलाई सुटुक्क भेट्दा टाउको दुख्नेमा कांग्रेसका प्रकाशमान् सिंह र कृष्ण सिटौला पनि हुन् । उनीहरू पनि लुकिछिपी देउवा बालुवाटार पुग्दा सशंकित भएका छन् । प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न जाँदा पार्टीमा छलफल गरेर र अरू कनै पदाधिकारीका साथमा जानुपर्ने भन्ने भन्ने रामचन्द्र पौडेलको तर्क थियो । उनले अघिल्लो समय देउवा प्रधानमन्त्रीकोमा जाँदा पनि यस्तै आशंका व्यक्त गरेका थिए ।
तीन साताअघि नेकपा विवादको चरमोत्कर्षमा पुगेका बेला एकाएक प्रधानमन्त्री भेट्दा पनि असन्तुष्ट भएका पौडेलले प्रधानमन्त्रीले प्रचण्डहरूको असहयोग भएमा कांग्रेससँग मिलेर सरकार बनाउन खोजेका र त्यस सरकारमा कांग्रेसले अर्थ र गृह मन्त्रालय मागेको भनेर प्रचार नै गराएका थिए । नेकपाको आफ्नो आन्तरिक विवादमा कांग्रेस गएर उल्टै वर्तमान सरकारलाई भरथेग गरेको भनी उनले पार्टी बैठकमैं आपत्ति जनाएका थिए । सोही कुराको स्पष्टीकारणका लागि नै देउवाले आफूलाई प्रधामन्त्री ओलीले संवैधानिक नियुक्तिका विषयमा सल्लाह गर्न किन एक्लै गएको र ? किन एक्लैले नाम दिने प्रयास गरेको भनेर बैठकमा झगडा गरेका थिए ।
आफू विपक्षीसँग मिलेर सरकारमै रहन सक्ने सन्देश प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका नेतालाई दिन हप्नैपिच्छे देउवालाई बोलाएर भेटेको एकपक्षको अनुमान छ भने अर्काथरीले देउवाले संवैधानिक नियुक्तिमा आफ्ना मान्छे पार्न बल गरेको बताएका छन् । आफ्नै पार्टीभित्रका वरिष्ठ नेताहरूसँग पानी बाराबारको अवस्था रहेका बेला प्रधानमन्त्रीले विपक्षी
नेतालाई बोलाएर गर्ने भेटको रहस्य भने गहिरै हुनुपर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij