
Apr 06 2025 | २०८१, चैत २४ गते
भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान बस र टेम्पो ठोक्किँदा १३ जनाको ज्यान गएको छ । पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको ग्वालिएर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष रहेका छन् । राज्य सरकारले मृतकको परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार सहायता रकम दिने घोषणा समेत गरेको छ । भने साथै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij