
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते र दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुदिप राजभण्डारीले आइतवार दिउँसो भएको बम विष्फोटमा परी कर्मचारी सहित ८ जना सेवाग्राहि घाइते भएको बताए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको लाहान अस्पतालमा उपचार भइरहेको एसपी भण्डारीले बताए । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा ९गोइत समूह० लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ । मध्यान्न करिब १२ स् ४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।
यो पनि :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij