
Aug 06 2025 | २०८२, साउन २१ गते
सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ । विष्फोटमा परी करिब आधा दर्जन मानिस घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij