
Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौं । डडेलधुरामा १४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।जबरजस्ती करणी गरेको अभियोगमा पर्शुराम नगरपालिका ५ वसकोईरा का २८ वर्षीय बल बहादुर पुनमगर समेत ४ जनालाई आज (शुक्रवार) बिहान प्रहरीले पक्राउ गरेको हो । उक्त घटनामा संलग्न हाल फरार रहेका सोही ठाउँ का २४ वर्षीय डम्फु सिजालीको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।बल बहादुर समेत ५ जनाले ती बालिकालाई ५ ६ महिना अगाडिदेखि ललाई फकाई बिभिन्न प्रलोभन देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij