
Aug 04 2025 | २०८२, साउन १९ गते
संखुवासभा। संखुवासभा धर्मदेबी नगरपालिका-६ फाक्सीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ बर्षीय सिताराम बस्नेत रहेका छन् । आज (बिहीवार) साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागेको थियो ।
करेन्ट लागेका ती बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij