Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

शहीद परिवारलाई भेटेर प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै विप्लव

शहीद परिवारलाई भेटेर प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै विप्लव

  • काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन्। शुक्रवार बिहान नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट सार्वजनिक भएका हुन् । विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत अवस्थामा रहेका थिए । बिहीवार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् ।

    images
    images
    images

    जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे विप्लव देवचुली नगरपालिकाको दलदलेमा आइपुगेका थिए । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौं आउँदै गरेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij