Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ओली सरकारले नक्सा जारी गरेपछि हटाउने खेल शुरु भयो : मन्त्री अर्याल

ओली सरकारले नक्सा जारी गरेपछि हटाउने खेल शुरु भयो : मन्त्री अर्याल

  • स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताएकी छिन् । बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको हिजो बिहीवार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

    images
    images
    images

    नेपाली जनताको सङ्घर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्दै उनले सरकारले ऐतिहासिक काम गरेको बताइन् । मन्त्री अर्यालले सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै सरकार हटाउने खेल पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताए ।

    तीन दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र रहेको गाउँपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij