
Apr 24 2025 | २०८२, वैशाख ११ गते
पहिलो चरणमा १८ जना भोली शुक्रबार नै रिहा हुनेछन् ।
काठमाडौँ । ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता सम्पन्न भएर ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । सर्कुलर अनुसार सबैभन्दा पहिला पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला र विप्लवका दाई चन्द्र बहादुर चन्दलाई शुक्रबार रिहा गर्ने भएको छ । पहिलो चरणमा १८ जना भोली शुक्रबार नै रिहा हुनेछन् । हालसम्म नेकपाका २ हजार ९८ जना नेता कार्यकर्ता गिरफ्तार परेका थिए । तीमध्ये १ सय २६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij