
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । आज सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले सम्झौता स्वागतयोग्य भएको बताएका हुन् । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार र विप्लव नेकपाबीच भएको सम्झौता स्वागतयोग्य भएको प्रतिक्रिया जनाएका छन् ।
उनले लेखेका छन, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ ! यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस् ! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है ! नत्र जो होचो उसको मुखमा घोचो हुनेछ ! ’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij