Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय, को को परे निलम्बनमा ?

संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय, को को परे निलम्बनमा ?

  • काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले पार्टी संसदीय दलको नेताको भूमिकामा रहेका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । बुधवार पार्टी कार्यालय पेरिसडाँडामा सो समूहको केन्द्रीय समिति बैठकले ओली र नेम्वाङलाई हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए । ओलीलाई यसअघि नै प्रचण्ड–नेपाल समूहले पार्टी सदस्य समेत नरहने गरी कारबाही समेत गरिसकेको छ भने नेम्वाङलाई पनि ६ महिना निलम्बनको घोषणा गरेको छ ।

    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई निलम्बनको निर्णय गरेको छ ।

    बैठकले शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिना निलम्बनको निर्णय गरेको छ । यसअघि प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij