Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

प्रधानमन्त्रीमा अरु एक बर्ष छाड्न ओलीको प्रस्ताव

प्रधानमन्त्रीमा अरु एक बर्ष छाड्न ओलीको प्रस्ताव

  • काठमाडौं । नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको भनाई उधृत गर्दै गौतमले भने, ‘राजीनामा दिनुपर्छ भने बरु म एकतामा नै जान्नँ पो भन्नुभयो ।’ राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि आफूले त्यो कुरोलाई धेरै नचर्काएको गौतमको भनाई छ । राजीनामाको विकल्प अघि सार्दै आफूलाई ‘बरु आलोपालो प्रधानमन्त्री बन्ने प्रस्तावबमोजिम अबको एक वर्ष म नै प्रधानमन्त्री हुनुपर्छ । दोस्रो वर्षचाँहि प्रचण्डलाई छाड्न सकिन्छ । म त्यसमा असमझदारी गर्ने, धोका दिने काम अब गर्दिंन । अहिले नै कागजपत्र लेखेर, आवश्यक प¥यो भने जे जेमा सहिछाप गर्न भन्नुहुन्छ गरेर जाने हो, मिलिजुली सरकार बनाएर जाने हो, त्यसको लागि तयार छु,’ भनिएको गौतमले बताए ।

    images
    images
    images

    प्रधानमन्त्रीसँग आफ्नो एउटा विषयमा मतभिन्नता रहे पनि गौतमले एकताको निम्ति प्रयास भने जारी राखेको बताएका छन् । ‘तत्काल राजीनामा दिने विषयमा मेरो र उहाँको बीचमा कुरो मिलेको छैन । आफ्नो त्यति ठूलो कदम गलत सावित भैसकेपछि खुरुक्क राजीनामा दिएको भए उनको कद र प्रतिष्ठा माथि उठ्थ्यो तर त्यसबाट उहाँ आफूले आफैँलाई वञ्चित गराएको’ निश्कर्ष सुनाउँदै गौतमले भने, ‘संविधान, नियम, कानुन मिचेको आरोप र लागेका सबै विवादबाट मुक्त हुनको लागि पनि उहाँले राजीनामा दिनैपथ्र्यो ।’ जनआस्था साप्ताहिकमा खबर छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij