
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि नेकपा राजनीतिक रुपमा विभाजित भएपनि कानुनी मान्यता पाउन सकेको छैन । निर्वाचन आयोगमा प्रचण्ड माधव पक्षले झण्डै दुई तिहाई केन्द्रीय सदस्यसहित विवाद निरुपणका लागि आवश्यक प्रमाणहरु पेश गरेपनि आयोग अनिर्णयको बन्दी बनिरहेको छ । विकसित पछिल्लो राजनीति घटनाक्रमका विषयमा छलफल र आवश्यक निर्णय गर्न चाँडै दुवै कमिटीका बैठक बोलाउने तयारी गरेको नेकपा प्रचण्ड माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सोमबार बिहान बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । मिति फिक्स भैसकेको छैन’, प्रवक्ता श्रेष्ठको भनाइ छ । ती बैठकमा निर्वाचन आयोगले गरेको ढिलाइ, २३ गते बोलाइएको प्रतिनिधि सभामा प्रस्तुत हुने रणनीति, पार्टीभित्रको सांगठनिक संरचनालाई पूर्णता दिने लगायतका विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij