काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी रहेका छन् ।
बैठकमा आगामी फागुन २३ गते संसद बैठक बोलाइएको प्रतिनिधि सभा बैठक नजिकिएसँगै कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल भइरहेको छ । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरी १३ दिनभित्र बैठक बोलउन आदेश दिएको थियो ।