Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

  • काठमाडौं । अहिले प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भू–भागहरूमा हस्सु र कुहिरो लागेको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

    आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

    images

    यसैगरी आज राती प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij