
Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिका–५ छठियाघाटमा आज राती एक घरमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागी सुरु भएको खबर पाएपछि हरकठवाबाट इलाका प्रहरी र सशस्त्र प्रहरीबाट गएका सुरक्षाकर्मीको टोली दमकलको सहयोगमा स्थानीयबासीहरु सँग मिलेर राति पौने ११ बजे आगलागी नियन्त्रणमा लिएका थिए ।आगलागीबाट कुनै किसिमको मानवीय तथा पशु चौपायालाई क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij